नेकपा एमाले दलले संसदीय बोर्ड गठन गरे
५ चैत, रौतहट । नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले वहिष्कार गरेपनि दलले यस्तो निर्णय गरेको हो । बोर्डमा २७ जना रहने छन् ।
साथै, संसदीय दलको विधान संशोधन गर्ने निर्णय पनि आजैको बैठकले गरेको छ । यसका लागि कार्यदल गठन भएको छ । कार्यदलमा संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई, सांसदहरु शेरबहादुर तामाङ र विमला राई पौडेल रहेका छन् ।
नेकपा संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन् ।






