राष्ट्रपति बाइडेनलाई किम जाेङकाे बहिनीकाे धम्की
द नेपाल मिडिया
४ चैत्र २०७७, बुधबार १०:१४
४ चैत्र, राैतहट । उत्तर कोरियाका नेता किम जोङका बहिनीले अमेरिकलाई धम्की दिएको बीबीसीले उल्लेख गरेकाे छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कोरिया नीति सार्वजनिक गर्न उनले माग गरेका छन् ।
बीबीसीका अनुसार उनकी बहिनी किम यो जोङले अमेरिकाले आफ्नो भूमिमा बारुदको गन्ध फैलाउन खोजेको आरोप लगाउँदै यो अस्थिरताको कारक बन्न सक्ने चेतावनी दिएकी छन् ।
अमेरिकाले दक्षिण कोरियासँग संयुक्त अभ्यास गरेर उत्तर कोरियमाथि हमलाको प्रयास गरेको दाबी गरेकी छन् ।