लिभरपुल सँग वल्भ्स पराजित
३ चैत, रौतहट । इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ ।वल्भरह्याम्टनमा सोमबार राति भएको खेलमा पोर्चुगिज फरवार्ड डिएगो जोटाले गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए ।
७३औं मिनेटमा ट्राओरेको प्रहार फितलो बन्दा गोलरक्षक बेकरले सहजै बचाए । ८६औं मिनेटमा सलाहले गोल गरेपनि गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुन सफल भयो ।
जितसँगै लिभरपुल २९ खेलबाट ४६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । समान ४६ अंक नै रहेपनि एभर्टन गोल अन्तरमा सातौ स्थानमा रहेको छ । पराजित वल्भ्स ३५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।