दीपिकाको लागी फिटनेस अर्थ के-के
द नेपाल मिडिया
३ चैत्र २०७७, मंगलवार १२:४८
३ चैत, बलिउड अभिनेत्री दीपिकापादुकोण केवल शारीरिक बनावटलाई मात्रै फिटनेस मान्दिनन् । उनको बुझाईमा फिटनेसको अर्थ मन, शरीर र आत्मबीच सन्तुलन ल्याउनु रहेको हो ।
उनी भन्छिन्,‘मेरो बुझाईमा फिटनेसको अर्थ शरीरको बनावटभन्दा धेरै हो ।
फिटनेसको अर्थ दिमाग, शरीर र आत्मालाई सन्तुलित गर्नु हो । अर्थात, शारीरिक, मानसिक र भावनात्मक तीनवटै रुपले फिट हुनु हो । यो हरेक दिन राम्रो कुराको चयन गर्ने विषय पनि हो । ताकि, हामी आफैंलाई राम्रो बनाउन सकौं ।’ एजेन्सी