राष्ट्रपति विद्यादेवी भण्डारी आज कोरोना खोप लगाउँदै

   २ चैत्र २०७७, सोमबार १२:५८  

२ चैत, रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोरोना संक्रमणविरुद्धको खोप लगाउँदै छिन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भण्डारीले आज दिउँसो ४ बजे खोप लगाउन लागेको स्वास्थ्य विभाग खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जनाएका हुन् ।

यसअघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायत केही शीर्ष नेताहरुले खोप लगाइसकेका थिए ।

देशमा हाल दोस्रो चरणको खोप अभियान जारी छ । यस अभियानमा सरकारले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई खोप लगाइरहेको छ ।