प्रधानमन्त्री ओली र माधव पक्षबीच छलफल सुरु

   २ चैत्र २०७७, सोमबार १२:२५  

२ चैत, रौतहट । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरु भएको छ ।

चार महिनापछि प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा बोलाएपनि माधव जान तयार नभएपछि, पार्टी कार्यालय धम्बाराहीमा दुवै समूहबीच छलफल हुदैँ छ ।

भेटवार्तामा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् ।

यस्तै, माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी भएका स्रोतले जनाएको छ ।