अमिताभ बच्चनले गराए आँखाको शल्यक्रिया
द नेपाल मिडिया
२ चैत्र २०७७, सोमबार ११:४३
२ चैत, रौतहट ।
बलिउडका महानायक अमिताभ बच्चनले आँखाका शल्यक्रिया गराएका छन् । आँखामा समस्या देखिएपछि अमिताभ बच्चनले शल्यक्रिया गरिएका हुन् ।
आइतवार मध्यराति महानायक बच्चनले आँखाको शल्यक्रियाबारे जानकारी दिएका छन् ।
बच्चनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् । बच्चनका अनुसार शल्यक्रिया एकदम ठीक भएको छ।
यसअघि समेत बच्चनको पहिलो शल्यक्रिया भइसकेको थियो । यसपटकको शल्यक्रिया दोस्रो रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी