प्रधानमन्त्री ओली र माधव नेपाल बीच आज भेटवार्ता हुँदै
द नेपाल मिडिया
२ चैत्र २०७७, सोमबार १०:३९
२ चैत, रौतहट । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा र वरिष्ठ नेता माधवकुमार नेपाल बीच आज भेटवार्ता हुने बताइएको छ ।
प्रधानमन्त्री ओली तथा माधव नेपालको भेट पार्टी कार्यालय धुम्बाराहीमा हुने तय भएको हो ।
सरकारी निवास बालुवाटारमा प्रधानमनत्री ओलीले बोलाएपनि माधव नेपाल त्याहाँ जान तयार नभएका स्रोतले जनाए ।
बालुवाटारमा जान तयार नभएपछि, आज ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा उनीहरुको भेट हुने तय भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली र माधव नेपाल बीच आज चार महिनापछि भेटवार्ता हुन लागेको हो ।