सलमानको ‘राधे स् योर मस्ट वान्टेड भाइ’ रिलिज हुने मिति सार्वजानिक
२९ फागुन, रौतहट । बलिउड स्टार सलमान खानको फिल्म ‘राधेस् योर मस्ट वान्टेड भाइ’ आगामी वैशाख ३० गते रिलिज हुने भएको छ।
सलमानले सामाजिक संजालमा फिल्मको नयाँ पोस्टर रिलिज गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन्।
मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा रिलिज गरिन लागिएको उनले बताएका हुन् ।
‘राधे स् योर मस्ट वान्टेड भाइ’को निर्देशन प्रभु देवाले गरेका हुन्।
एक्सन थ्रिलर फिल्ममा सलमानका अलावा रणदीप हुड्डा, ज्याकी श्राफ र दिशा पाटनी महत्वपूर्ण भूमिकामा छन्। सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर ‘राधे स् योर मस्ट वान्टेड भाइ’ निर्माण गरेका हुन्। एजेन्सी