मेयर्स कपमा आज पारसको शतक
२६ फागुन, रौतहट । काठमाडौं मेयर्स कपमा आज बागमती प्रदशेका अलराउण्डर पारस खड्काले शतक प्रहार गरेका छन् ।
उनले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोडेका हुन् । १३३ बलको सामना गरेका उनले सोमपाल कामीको बलमा आउट हुनुअघि ११ चौका र दुई छक्का हानेका थिए ।
पारसको शतकसँगै बाग्मतीले ४९।४ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको छ । उसका लागि नन्दन यादवले अविजित ४२ रन जोडे भने इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बास्कोटाले १२ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।