रणवीर कपूर कोरोना संक्रमित भएपछि, आलिया सेल्फ क्वारेन्टीन

   २६ फाल्गुन २०७७, बुधबार १२:५१  

२६ फागुन, रौतहट ।

बलिउड अभिनेता रणवीर कपूरलाई कोरोना भइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । निर्देशक सञ्जय लीला भन्सालीसमेत कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा दुवै जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।

आलिया भट्टपनि उनी दुवैजनासँगै काम गरिरहेकी थिइन् । सञ्जयसँग गंगूबाई काठियावाडी र रणवीरसँग ब्रह्मास्त्रमा उनले काम गरिरहेकी थिइन् ।

उनीहरू कोरोना पोजिटिभ आएपछि आलिया पनि सावधान भइन् र सेल्फ क्वारेन्टीनमा गइन् । उनी घरैमा क्वारेन्टीन गरिरहेकी छन् ।

आलियाले पनि पीसीआर गराएपनि उनका रिपोर्ट नेगेटिभ आएको छ । एजेन्सी