काठमाडौं मेयर कपः पुलिससँग आर्मी क्लब पराजित
२५ फागुन, रौतहट । काठमाडौं मेयर कप अन्तर्गत मंगलबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।
आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।
पुलिसको जितमा सुनिल धमलाको सर्वाधिक ३९ रनको योगदान रह्यो । उनले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । पवन सरार्फले अविजित २२ र दिलीप नाथले १५ रनको योगदान गरेका थिए भने अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका लागि सातै विकेट साहब आलमले लिए । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल तयार पारेको थियो ।
लोकेश बमले सर्वाधिक ३२ रनको योगदान दिए । ३०.१ ओभरमा ललित राजवंशीले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे । विक्रम सोबले १४ र रोहित पौडेलले १३ रनको योगदान दिँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडेनन् ।
पहिलो खेलमा बागमतीलाई २ रनले हराएको पुलिस दोस्रो खेलमा एपिएफसँग १ विकेटले पराजित भएको थियो ।