नेकपा एमालेको सचिवालय बैठक स्थगित
द नेपाल मिडिया
२५ फाल्गुन २०७७, मंगलवार १०:५६
२५ फागुन, रौतहट । नेकपा एमालेको आज बस्ने सचिवालय बैठक स्थगित गरिएको छ । एमालेका महासचिव ईश्वर पोखरेलले आज ९ बजे सचिवालयको बैठक बोलाएका थिए ।
माधवकुमार नेपाल र झलनाथ खनालहरुले एमालेमा फर्किने निर्णय नगर्दै बोलाइएको सचिवालय बैठक स्थगित गरिएको हो ।
सर्वोच्चको फैसलापछि एमालेमा फर्कन निर्णय गरे सँगै थप तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।
ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव हुनेछन् ।