प्रचण्ड-नेपाल पक्षको बैठक सुरु

   २४ फाल्गुन २०७७, सोमबार १५:५८  

२४ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ ।

सर्वोच्च अदालतले आइतबार नेकपा नाम विवादमा गरेको फैसलापछि उत्पन्न परिस्थितिबारे आज छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडमा बैठक बसेको स्रोतले जनाएको हो ।

बैठकअघि उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले आफू पक्षीय नेताहरुसँग छलफल गरेका थिए । नेकपा विवादमा सर्वोच्चले गरेको फैसालाले राजनीतिमा तरंग पैदा गरेको छ ।