आइतबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

   २३ फाल्गुन २०७७, आईतवार १६:५२  

२३ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ४ हजार १ सय ११ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ६६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ । जसमध्य हाल नेपालमा ८ सय २५ संक्रमित उपचाररत रहेका हुन् ।

यस्तै, बितेको २४ घण्टामा थप ५८ जना निको भइ घर फर्किएका छन् । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको डा. गौतमले जनाएका छन् ।

त्यसैगरी, नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार १० पुगेको डा.गौतमले जनाए ।