स्पेनिस ला लिगा: ओसासुना बार्सिलोनाबाट पराजित
२३ फागुन, रौतहट । ओसासुनाको आफ्नै मैदानमा भएको स्पेनिस ला लिगा खेलमा क्याटलान क्लब बार्सिलोनाले सहज जित निकालेको छ ।
बार्सिलोनाको जितमा जोर्डी अल्वा र इलाइक्स मोरिावाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो ।
पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली बार्सिलोनाले खेलको ३०औं मिनेटमा जोडी अल्वाको गोलबाट अग्रता लिएको थियो । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।
८३औं मिनेटमा सव्सिच्युट मोरिवाले मेस्सीकै पासमा गोल गर्दै बार्सिलोनालाई २–० को सहज जित दिलाए । मोरिवा ६७औं मिनेटमा सर्जियो बुस्क्वेट्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।
यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउदा तेस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको छ छ । दुई खेल कम खेलेको शीर्षस्थानको एट्लेटिकोको ५८ अंक छ ।
दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ । एक खेल कम खेलेको रियलको ५३ अंक छ । पराजित ओसासुना २८ अंक जोडेर १३औ स्थानमा छ ।