नेपाल आइपुग्यो ३ लाख ४८ हजार कोरोनाविरुद्धको खोप
द नेपाल मिडिया
२३ फाल्गुन २०७७, आईतवार १२:२१
२३ फागुन, रौतहट । कोभ्याक्स अन्तर्गतको पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप आइतबार नेपाल आइपुगेको छ ।
कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८ हजार डोज कोरोना खोप आज बिहान करिब ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो ।
भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो ।
सरकारले दोस्रो चरणको खोप अभियानका क्रममा आइतबारबाट ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाउने भएको छ।
मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ ।