प्रधानमन्त्री ओलीले आज लगाए कोरोना खोप
द नेपाल मिडिया
२३ फाल्गुन २०७७, आईतवार ११:३३
२३ फागुन, रौतहट । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना संक्रमणविरुद्धको खोप लगाएका छन्।
दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत ओलीले पत्नी राधिका शाक्यसहित आइतबार बिहान १०ः४५ बजेतिर शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
यसअघि आजै बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले पनि कोरोना खोप लगाएका छन् ।
सरकारले दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिका जेष्ठनागरिकलाई खोप लगाइनेछ । यस्तै, यसपटक करिब १६ लाखले कोरोना खोप लगाउने स्वास्थ्य मन्त्रालयले अनुमति दिएको छ ।