४७ वर्षीया ऐश्वर्याको सुन्दरताको रहस्य

   २२ फाल्गुन २०७७, शनिबार १४:३४  

 

२२ फागुन, रौतहट । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वकै सुन्दर महिलामा पर्छिन् । उनको उमेर ४७ वर्ष भएपनि मुहारमा उनको उमेरको कुनै असर देखिँएको छैन् । उनको मुहार आज पनि युवाको जस्तै देखिन्छ ।

एबीपी न्यूज लाइभमा प्रकाशित समाचार अनुसार ४७ वर्षे यी अभिनेत्री आफूलाई दैनिक रुपमा सुन्दर बनाउनका लागि दही र महको मसाज गर्छिन् । यो कुराको खुलासा स्वयं ऐश्वर्याले एक अन्तरवार्तामा गरेकी छन् ।

ऐश्वर्याका अनुसार उनी आफ्नो मुहारमा कमैमात्र रसायनको प्रयोग गर्छिन् । उनी दिनहुँ जसो मुहारमा घरेलु मास्क लगाउछिन् । उनी अनुसारमा बेसन र बेसार मिलाएर तयार पारिएको क्रिम लगाउँछिन् ।

बेसन र बेसारको मास्क परम्परागत रुपमा भारतमा प्रयोग गरिँदै आएको छ । ऐश्वर्या आफ्नो मुहारमा चमक ल्याउन सन्तुलित आहारले पनि भूमिका खेलेको बताउछिन् ।

उनी मुहारमा दुध र बदामको तेल प्रयोग गर्छिन् । एजेन्सी