आइतबार कोरोना खोप लगाउने; प्रधानमन्त्री ओली

   २२ फाल्गुन २०७७, शनिबार १३:५०  

२२ फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना संक्रमणविरुधको खोप लगाउने भएका छन् ।

प्रधानमन्त्री ओलीले भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका हुन् ।

मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले खोप लगाएसँगै भोलीबाट दोस्रो प्राथमिकतामा परेकाहरुको खोप अभियान पनि सुरु हुने छ ।

भोली आइतबारदेखि ६५ वर्षमाथिका नागरिकलाई र १० दिनपछि ५५ वर्षक माथिकालाई कोरोना खोप दिने कार्यक्रम रहेको समेत त्रिपाठीले जनाएका छन् ।