समारोह सम्बोधन गर्दै प्रधानमन्त्री ओली; अब हिंसाको बाटोमा कोही छन्
२१ फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालमा अब हिंसाको बाटोमा कोही नभएको बताएका छन् । ओलीले आज ऐतिहासिक काम भएको भन्दैँ नेपाल हिंसामुक्त भएको बताएका छन् ।
सरकार र विप्लव नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले अब देश विकासका लागि शान्तिपूर्ण वातावरण बनेको बताएका हुन् ।
देश विकासका लागि शान्तिपूर्ण वातावरण चाहिन्छ, त्यही वातावरण सिर्जना गर्ने क्रममा आज त्यो ऐतिहासिक काम भएको प्रधानमन्त्री ओलीले बताएका छन् । अब नेपालमा हिंसाको बाटोमा कोही छैन् ।
नेपाल शान्तिपूर्ण देश भएको छ । ‘अब देश विकासको कामले गतिशिल ढंगले अगाडि बढ्ने छ ।’ ‘नेपाली जनता र हामी सबैको चाहाना समृद्ध नेपाल, सुखी नेपाली नै रहेको समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।