प्रधानमन्त्री ओलीसंग भेट्न बालुवाटार पुगे, ‘विप्लव’ नेत्रविक्रम चन्द

   २१ फाल्गुन २०७७, शुक्रबार १३:३१  

२१ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमनत्री केपी ओलीसंग भेट्न र समारोहलाई सम्बोधन गर्नका लागी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज नवलपरासीबाट काठमाडौँ पुगेका छन् ।

राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई आज दिउँसो २ बजेतिर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने भएको छ । समारोहलाई सम्वोधन गर्नु अघि विप्लवले प्रधानमन्त्री ओलीसँग छलफलका लागी सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।

बालुवाटारमा विप्लव समूहका एक नेता हाल प्रधानमन्त्रीसँग भेटवार्तामा रहेका स्रोतले जनाएको छ । वार्ता सकेपछि उनी कार्यक्रम स्थलमा जाने छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र विप्लवको बिचमा संयुक्त समारोहलाई संवोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने छ ।