अजय र आलिया एकसाथ देखिँदै

   २१ फाल्गुन २०७७, शुक्रबार ११:५०  

 

२१ फागुन, रौतहट ।

बलीउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्ट पहिलोपटक एउटै फिल्ममा देखिने भएका छन् । यी दुई कलाकारलाई फिल्म ‘गंगुबाई कडियावाडी’ ले एउटै फ्रेममा ल्याउने भएको हो ।

आलियाको मुख्य अभिनय रहेको ‘गंगुबाई कठियावाडी’ मा अजय विस्तारित गेस्ट आर्टिस्टको भूमिकामा देखिँने भारतिय संञ्चारमाध्यमले जनाएको छ ।

पछिल्लो समय ‘गंगुबाई कडियावाडी’को ट्रेलर सार्वजनिक भए पश्चात आलियाको चर्चा बढेको छ ।

एक स्रोतलाई उल्लेख गर्दै बलिउड हंगामा लेख्छ( “फिल्ममा आलिया मुख्य भूमिकामा छन् । उनीभन्दा अरु महत्त्वपूर्ण पात्र फिल्ममा छैन । अजय देवगन फिल्मको एउटा महत्त्वपूर्ण दृष्यमा देखिँदै छन्, जहाँ उनीहरु आगो र बरफका रुपमा आमने(सामने हुनेछन् ।”

यो फिल्म मुम्बईकी माफिया क्विन गंगुबाईको जीवनमा आधारित रहेरको छ । फिल्म सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको हो । एजेन्सी