प्रधानमन्त्री कपः नेपाल पुलिस र न्यु डायमन्ड भिड्दै

   २१ फाल्गुन २०७७, शुक्रबार ११:०१  

२१ फागुन, रौतहट । सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता नेपाल पुलिस क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउँसो १ बजेपछि नेपालगन्जस्थित रंगशालाको कर्भहलमा हुनेछ । साविक विजेता पुलिस न्यु डायमन्डलाई हराउदै उपाधि रक्षा अभियानमा उभिनेछ ।

पुलिसले गत संस्करणमा घरेलु भलिबलको चर्चित टोली नेपाल एपिएफ क्लबलाई हराउदै उपाधि जितेको थियो ।

२०७० सालमा सुरु गरेको प्रधानमन्त्री कपको पहिलो संस्करण नेपाल पुलिस क्लब, दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा भारतको रेलवे इन्डिया, पाँचौमा एपीएफ, छैटौमा पुलिस च्याम्पियन बनेको थियो । पाँचौं संस्करणमा बंगलादेशी क्लबको सहभागिता थियो ।