स्पानिस कोपा डेल रे फुटबलः बार्सिलोना र एथ्लेटिक फाइनलमा भिड्ने
२१ फागुन, रौतहट । बार्सिलोना र एथ्लेटिक विल्वाओबीच स्पानिस कोपा डेल रे फुटबलको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।
विल्वाओले दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३-२ ले पराजित गर्दै बार्सिलोनासँगै फाइनलमा खेल्ने पक्का गरेको हो ।
विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।
निर्धारित ९० मिनेटसम्मको खेल १-१ को बराबरी भएपछि समग्रमा खेल २-२ को अवस्थामा पुग्यो ।
अब बार्सिलोना र विल्वाओबीचको फाइनल खेल १७ अप्रिलमा सेभियाको मैदानमा हुनेछ ।






