सर्लाहीबाट ८ किलो गाँजासहित दुईजना पक्राउ

   २० फाल्गुन २०७७, बिहीबार १४:०४  

२० फागुन, रौतहट । अवैधरुपमा ल्याएको ८ किलो गाँजासहित सर्लाहीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाँजासहित पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने १९ वर्षीय चन्दन महतो र सोही स्थानका २८ वर्षीय रामआश्रय यादव रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार लालबन्दी नगरपालिका १३ पानीटंकी स्थित लखनदेही खोलामा सवारी चेक जाँच गर्नै क्रममा प्रदेश २–०२–००१ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकी निजले बोकेको झोला चेक गर्दा  महतोको साथबाट ३ किलो गाँजा र यादवको साथबाट ५ किलो गाँजा बरामद भएको हो ।

पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।