डर्टमण्ड जर्मन कपको सेमिफाइनलमा प्रवेश
१९ फागुन, रौतहट । जर्मन कप फुटबलमा बोरुसिया डर्टमण्डको जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको खेलमा बोरुसिया मन्छेनग्लाडबाखलाई १-० गोल अन्तरले पराजित गर्दै डर्टमण्ड अन्तिम चारणमा प्रवेश गरेको हो ।
डर्टमण्डको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको अन्तिम केहि समय डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो ।
खेलको इन्जुरी समयमा महमुद दाहुदले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।