प्रचण्ड-माधव पक्षको बैठक बस्दैँ
द नेपाल मिडिया
१९ फाल्गुन २०७७, बुधबार १०:५५
१९ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव पक्षको आज केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।
सचिवालयको निर्णय अनुसार बुधबार दिउँसो १ बजेतिर पार्टी कार्यालय परेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्दैँ छ । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीतिको छलफल हुने बताइएको हो ।
सर्वोच्च अदालतले यही फागुन ११ गते संसद पुनस्र्थापना गरिदिएपछि प्रचण्ड-माधव पक्षका नेता हरु नयाँ रणनीति बनाउँनका लागी दौडधूपमा गरिरहेका छन् ।






