किन छाडे अक्ष्यले सय करोडको फिल्म

   १८ फाल्गुन २०७७, मंगलवार ११:२३  

१८ फागुन, रौतहट ।

बलिउड अभिनेता अक्षय कुमारले कोरोना माहामारीका कारण गरिएको लकडाउनको समयमा पनि निकै व्यस्त थिए । एकपछि अर्को फिल्ममा व्यस्त रहेका अक्षयले समय नभएको कारण केही फिल्म छोडेको भारतीय मिडियाले जनाएको छ ।

उनले हालसालै निर्देशक मुदस्सर अजीजको फिल्म छाडेका छन् । सय करोड पारिश्रमिक लिएका अक्षयकुमारको उक्त फिल्मलाई ज्याकी भगनानीले निर्माण गर्ने तयारीमा थिए ।

उनले मुदस्सरको फिल्मबाट हात झिकेपछि निर्माण टिमले अभिनेता राजकुमार रावलाई अनुबन्ध गरेको छ । यस फिल्मका लागि अभिनेत्रीको टुङ्गो निर्माण पक्षले लगाएको छैन । एजेन्सी