गौतमबुद्ध रंगशालाः ६९ करोड रकम को वच्चामा मात्र ९ करोड संकलन

   १८ फाल्गुन २०७७, मंगलवार ११:०९  

१८ फागुन, रौतहट । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट चितवनको भरतपुरमा निर्माण गरि रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सोमबार आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ ।

रंगशाला निर्माणको लागि गतवर्ष माघमा धन धान्याचल महोत्वस आयोजना गरिएको थियो । उक्त महोत्वसमा विभिन्न संघ संस्था र व्यक्तिहरुबाट ६९ करोड रुपैयाँ सहयोग गर्ने वाचा गरिएको थियो । तर वाचा गरेको अनुसार रकम भने संकलन नभएको बताइएको छ ।

फाउण्डेसनले सोमबार हाम्रो रंगशालामा मेरो कुर्सी भन्ने अवधारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा घोषणा भएमध्ये बाट अहिले सम्म ८ करोड ६९ लाख ६२ हजार मात्र उठेको जानकारी गराएको छ ।

रंगशाला निर्माणमा हालसम्म ४३ करोड ४८ लाख ६ हजार खर्च भएको छ । संकलन भने ३२ करोड ३० लाख २४ हजार छ । समग्रमा रंगशाला निर्माणमा ११ करोड १७ लाख ८२ हजार ऋणमा हरेको बताइएको छ । रंगशाला निर्माणको लागि कुल ३ अर्ब ५५ करोड लाग्ने अनुमान गरिएको छ । कुल लागत रकमको ९.१० प्रतिशत उठेको छ ।

धन धान्याचलमा घोषणा गरेर रकम दिन बाँकी मध्येकाले अब कुर्सीमा आफ्नो वा संघ संस्थाको नाम लेखाउने गरि भूक्तानी पनि गर्न मिल्ने फाउन्डेसका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिए । ‘त्यो बेला मनन र रकम हन्तान्तरण गर्ने सबैलाई धन्यवाद’, उनले भने,‘बाँकी रकम उठ्नेक्रममा छ । कबोल भएको रकम चाँडै उठ्नेमा आशावादी छौं ।’

रंगशाला खेलकुद समितिका संयोजकत्व तथा तेक्वान्दोका कीर्तिमानी पदकधारी दिपक विष्टले आफूहरुले गर्नुपर्ने काम धुर्मुस सुन्तलीे गरेकोमा धन्यावाद दिए । पत्रकार सम्मेलनमा बोल्दै विष्टले रंगशाला निर्माणमा सहयोग गर्न देश विदेशमा रहने सम्पूर्ण नेपालीमा अनुरोध पनि गरे ।