स्यानिटाइजर सेवन गर्दा ६५ वर्षीया महिलाको मृत्यु

   १८ फाल्गुन २०७७, मंगलवार १०:५३  

 

१८ फागुन, रौतहट । मोरङमा स्यानिटाइजरको सेवन गर्दा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको विराटनगर महानगरपालिका १७ रघुपति लाइन क्वार्टमा बस्दँै आएकी ६५ वर्षीया अम्बिका अधिकारीले शनिबार राति नै स्यानिटनइजर सेवन गरेकी थिइन् ।

घरायसी विवादका कारण स्यानिटाइजर खादाँ स्वास्थ्यमा समस्या भएपछि, ती वृद्ध महिलालाई उपचारका लागी कोसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जनाएका छन् ।

अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो करिब १ बजेतिर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।