अमिताभ बच्चन अस्पताल भर्ना

   १६ फाल्गुन २०७७, आईतवार १४:०६  

१६ फागुन, रौतहट ।
बलिउडका महानायक अमिताभ बच्चनले आफूले शल्यक्रिया गराउन लागेको बताएका छन् । सामाजिक सञ्जाल र ब्लगमार्फत प्रशसंकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहने उनले शनिबारको ब्लगमा शल्यक्रियाबारे उल्लेख गरेका हुन् ।

७८ वर्षीय बच्चनले स्वास्थ्य अवस्था केही कमजोर भएको र शल्यक्रिया गराउन लागेको जानकारी दिएका हुन् ।

उनको यो पोस्ट सार्वजनिक भएसँगै थुप्रै प्रशंसकले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । यद्यपि, उनले शल्यक्रिया सफलतापूर्वक सकिएको हो वा होइन भन्नेबारे भने केही जानकरी दिएका छैनन् ।

यसअघि अमिताभ यसअघि कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थिए । एजेन्सी