लिखित जवाफ बुझाउँन सर्वोच्च पुगे प्रचण्ड
द नेपाल मिडिया
१६ फाल्गुन २०७७, आईतवार ११:३३
१६ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सर्वोच्च अदालत पुगेका छन् ।
अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भन्ने आदेशपछि, आज प्रचण्ड मुद्दामा जवाफ दिन केहीबेरअघि अदालत पुगेका हुन् । स्रोतका अनुसार प्रचण्डले लिखित जवाफ मात्रै बुझाएर फर्कने जनाइएको छ ।
प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको आरोपमा अधिवक्ता समीर हायुले अवहेलना मुद्दा दर्ता गराएका थिए ।