पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार
द नेपाल मिडिया
१५ फाल्गुन २०७७, शनिबार ११:२७
१५ फागुन, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ ।
मस्तिष्कघातले स्वास्थ अवस्था जटिल भएपछि नर्भिक अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्यमा सुधार भएको हो ।
शुक्रबार अस्पताल भर्ना भएका उनका उपचारका संग्लन एक चिकित्सकका अनुसार स्वास्थ्यमा सुधार भएपनि हाल उनलाई होस आउन सकेको छैन ।