सैफ र करिनाको कान्छो छोराको नाम के होलान्
१४ फागुन, रौतहट ।
बलिउड अभिनेता सैफ अली खान र करिना कपुर खानले हालै आफ्नो कान्छो छोरालाई स्वागत गरेका छन् । करिना र सैफका छोराको जन्म २१ फेब्रुअरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भएको थियो ।
थुप्रैलाई सैफ अली खानले कान्छो छोराको नाम के राखे होलान् भन्ने खुल्दुली छ । यता सैफले भने आफ्नो बच्चाको नाम अहिलेसम्म पनि नराखेको जानकारी दिएका छन् ।
साथै उनले करिना र आफ्नो बच्चा ठिक रहेको पनि बताएका छन् । स्पटबोयका अनुसार सैफ अली खानका एक नजिकका साथीले उनकी आमा शर्मिला टेगोरले अहिलेसम्म उनको छोरालाई नहेरेको बताएका छन् ।
कोभिडलाई ध्यानमा राखेर शर्मिला जीलाई दिल्लीबाट मुम्बई आउने अनुमति छैन, यस्तोमा उनले आफ्ना नातीलाई हेर्न थोरै प्रतीक्षा गर्नुपर्नेछ । एजेन्सी