श्रीदेवीको निधनको तेस्रो वार्षिकी
१२ फागुन, रौतहट ।
बलिउड हिन्दी सिने कलाकार श्रीदेवीको आज तेस्रो वार्षिकी हो । अभिनेत्री श्रीदेवीले आफ्नो फिल्मी करियरमा ४०० वटा जति हिन्दी सिनेमामा भूमिका निर्वाह गरिसकेकी छिन् ।
२४ फेब्रुवरी २०१८ मा दुवईको एक तारे होटलमा बाथट्युवमा डुव्नाले चर्चित नायिकाको निधन भएको थियो । बलिउड सुपरहिट नायिका श्रीदेवीको कलाकारिताको कुरा गर्दा उनलाई विभिन्न ढंगबाट सम्झन सकिन्छ ।
सन् १९६७ मा एक हिन्दी तामिल फिल्म थुनाईनमा नायिका श्रीदेवीले लार्ड मुरुगाको रुपमा भूमिका निर्वाह गरेकी थिइन । त्यसबेला उनको उमेर ४ वर्षको थियो ।
उक्त समयकी चर्चित अभिनेत्री जय ललितासँग उनको प्रखर अभिनय चलेको बताइएको छ । सन् १९७५ मा उनको फिल्मी करियर जुलीबाट शुरुवात भएको मानिन्छ । एजेन्सी






