मलाइका–अर्जुन, सैफ–करिनाका छोरा भेट्न घर पुगे
द नेपाल मिडिया
१२ फाल्गुन २०७७, बुधबार ११:४०
१२ फागुन, रौतहट ।
बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोडा करिना कपुर खानका छोरा भेट्न सँगै पुगेका छन् । शनिबार अस्पतालबाट घर फर्किएकी करिनालाई भेट्न मलाइका र अर्जुन सँगै पुुगेका हुन् ।
यसअघि मलाइका र अर्जुनले एकअर्काकाका बाबुआमासँग पनि भेट गरेका थिए । त्यति बेला देखि फेरि एकपटक यी दुईको विवाहको चर्चा चल्न थालेको छ । तर, उनीहरु दुवैले अहिलेसम्म विवाहबारे खुलेर कुरा गरेका छैनन् । एजेन्सी