नेकपाका दुवै समूह आन्तरिक रणनिति बनाउदै
१२ फागुन, रौतहट । प्रतिनिधि सभा पुनर्स्थापनापछि नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूहले स्थायी कमिटीको बैठक बोलाएका छन । सर्वोच्चको आदेश पछि आन्तरिक रणनीति बनाउन प्रधानमन्त्री केपी शर्मा ओली तथा माधव–प्रचण्ड समूहले छुट्टाछुट्टै स्थायी कमिटी बैठक बोलाएका हुन ।
प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन भने माधव–प्रचण्ड समूहले ४ बजे बैठक बोलाएका छन । ओलीले बोलाएको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल हुने स्थायी कमिटि सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
नेकपाको अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि रणनीति बनाउन जुटेको छ । यसअघि सडक संघर्षमा केन्द्रित भएको उक्त समूहले बुधवार ४ बजे संसदीय दलको बैठक बोलाएको छ । संसद भवनमा ४ बजेका लागि सांसदहरुलाई बोलाएको नेकपा संसदीय दलका प्रमूख सचेतक देव गुरुङले जानकारी दिए । संसद भित्रको अंकगणितका बिषयमा प्रचण्ड नेपालले रणनीतिक छलफल गर्नेछन ।