लाजियो घरेलु मैदानमै बायर्न सँग पराजित

   १२ फाल्गुन २०७७, बुधबार ११:०७  

१२ फागुन, रौतहट । जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोलाई च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा पराजित गर्दै सहज जित हात पारेको छ ।

मंगलवार राति भएको खेलमा लाजियो आफ्नो घरेलु मैदानमा बायर्न सँग ४–१ गोलको अन्तरले पराजित भएको हो ।

खेलको ४७ औं मिनेटमा फ्रान्सिस्कोले आत्मघाती गोल गर्दा बायर्न ४–० ले अघि बढे सँगै ४९ औं मिनेटमा जोआक्विनले एक गोल फर्काएपनि बायर्न ४–१ ले विजयी भयो ।

जितसँगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना मजबुत बनाएको छ । लाजियोलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।

बायर्न र लाजियोबीचको दोस्रो लेग मार्च १७ मा बायर्नको मैदानमा हुनेछ ।