५२ औँ जन्मदिन मनाइदैँ भाग्यश्री
११ फागुन, रौतहट । बलिउड अभिनेत्री भाग्यश्री आज आफ्नो ५२ औँ जन्मदिन मनाइरहेकी छन् ।
सन् १९८९ मा रिलिज भएको फिल्म मेने प्यार कियाले दर्शकको सामू एउटी सुन्दर अभिनेत्री भाग्यश्रीलाई पेश गर्यो । यो फिल्ममार्फत् उनले बलिउडमा कदम राखिन् र रातारात स्टार बनिन् ।
पहिलो फिल्मकमा लागि उनले बेस्ट फिमेल डेब्यूको फिल्मफेयर अवार्ड पाइन् । आज उनी आफ्नो ५२ औं जन्मदिन मनाइरहेकी छिन् । यो उमेरमा पनि भाग्यश्रीको सुन्दरता र फिटनेस आज पनि त्यस्तै छ, जुन ३२ वर्ष अघि थियो ।
भाग्यश्री योग र डेडिकेटेड जिम र्याट स्ट्यामिना बिल्डिङ व्यायाम पनि गर्छिन् । उनको यो फिटनेस रुटिनमा श्रीमान् हिमालय दस्सानी पनि बराबर भाग लिन्छन् ।
भाग्यश्रीले यस्ता भिडियो पनि सेयर गरेकी छिन् जसमा उनी हिमालय दस्सानीसँग निकै गाह्रो व्यायाम गरिरहेको पनि देखिएकी छिन् । एजेन्सी