पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागी अस्पताल भर्ना
द नेपाल मिडिया
११ फाल्गुन २०७७, मंगलवार ११:४१
११ फागुन, रौतहट । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपचारका लागी आज अस्पतालमा भर्ना भएका छन् ।
भट्टराईका सहयोगी विश्वदीप पाण्डेले दिएका जानकारी अनुसार आज बिहान करिब ९ बजेतिर उनी दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचारका लागी भर्ना भएका हुन् ।
अस्पतालमा आज दिनभर उनलाई राखी आवश्यक सबै परीक्षण गरिने पाण्डे जनाए ।
लामो समयदेखि पेट सम्बन्धी रोगबाट पिडित उनी याी फागुन ९ गते नयाँदिल्ली गएका थिए ।