बिग बोसको विजेता बनिन् रुबीना
१० फागुन, रौतहट ।
रुबीना दिलाइक बिग बोस सिजन १४ को विजेता बनेकी छन् । १४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीना विजेता बनेकी हुन् ।
फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिन् ।
अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । टप टुमा रुबीना र राहुल पुगेका थिए ।
यसअघि निक्की पनि १४ लाख रुपैयाँको विकल्प चुनेर शोबाट बाहिरिन चाहन्थिन् । तर, राखी सावन्तले पहिले घण्टी थिचेकोको कारण उनले सो विकल्प चुन्ने मौका पाइन् । एजेन्सी