कांग्रेसका नेता मित्रसेन दाहालको निधन
७ फागुन, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन भएको छ ।
ओखलढुङ्गा घर भएका दाहाल कांग्रेस महासमिति सदस्य समेत रहेका थिए । बिहीबार गएराति दाहालको हृदयघातका कारण निधन भएको हो ।
उनी गत निर्वाचनमा ओखलढुंगा प्रदेश ‘क’ का प्रत्याशी उमेद्वार समेत रहेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलन, ओखलढुंगा जिल्लाको विकास निर्माण तथा विभिन्न सामाजिक कार्यहरुमा दाहाले र्पुयाएको योगदान अतुलनीय रहेको कांग्रेसका महामन्त्री शशांक कोइरालाले जनाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महामन्त्री कोइरालाले दाहालको निधन भएको जनाएका छन् ।






