मकवानपुरबाट गाँजासहित २ जना प्रहरी नियन्त्रणमा

   ७ फाल्गुन २०७७, शुक्रबार १२:४७  

७ फागुन, रौतहट । मकवानपुरबाट २५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका ११ राक्सिराङ गाउँपालिका १ बस्ने २१ वर्षीय नवराज थिङ र सेही स्थान बस्ने २० वर्षीय बाबुराम थोकर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले ना. १ ह ७२३६ नम्बरको टेम्पु चेकजाँच गर्ने क्रममा पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।