केन्द्रीय सदस्यहरुसंगै निर्वाचन आयोग जाँदै; प्रचण्ड-माधव

   ७ फाल्गुन २०७७, शुक्रबार १०:४१  

७ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव पक्षले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारीमा गरेका छन् ।

प्रचण्ड-माधव पक्षले आज दिउँसो करिब १ बजेतिर केन्द्रीय सदस्यहरुको बहुमत आफ्नै साथमा रहेको देखाउन नेताहरु आयोग जान लागेका हुन् ।

त्यसअघि सबै केन्द्रीय कमिटी सदस्यहरुलाई पेरिसडाँडामा जम्मा हुन आग्रह पनि प्रचण्ड-नेपाल समूहले गरेको बताइएको छ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन अनौपचारिक र असंवधानिक रहेको भन्दै प्रचण्ड-माधव पक्षले नेकपा र सूर्य चिन्हको दाबी पेश गर्दै आएको छ ।