शुक्रबार पूर्वरानी कोमल शाहको ७० औँ जन्मदिन
६ फागुन, रौतहट । नेपालकी पूर्वरानी कोमल शाहको ७०औँ जन्मदिन झापामा पूर्व राजपरिवारका सदस्यले मनाउँदै छन् ।
फागुन ७ गते (शुक्रबार) कोमल शाहको जन्मदिन झापा स्थित एक होटलमा मनाउँदै छन् ।
शाहको जन्मदिन मनाउँदै राजपरिवारका सदस्यहरू दमकस्थित हिमालयन चिया बगानमा रहेको आफ्नै दरबारमा केही दिन रहने छन् ।
त्यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्य झापा पुगेका हुन् ।
२००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट जन्मिएकी थिइन् ।






