तेस्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुर्खेतमा हुने
६ फागुन, रौतहट । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनमा तेस्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७७ फागुन २४ देखि सुर्खेतमा आयोजना हुने भएको छ । फागुन २४ र २५ गते हुने प्रतियोगितामा एक हजार पाँच सय खेलाडीहरुको सहभागिता रहने छन् । ।
नेपाली महिला खेलाडीहरुलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने र उनीहरुको कला कौशल निखार्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा एशियन र दक्षिण एशियाली खेलकुदमा सहभागी खेलाडीहरुलाई निषेद गरिएको छ । प्रतियोगिता विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियममा खेलाइने छ ।
यो खेलमा करिब ४५ लाख ३३ हजार अनुमानित खर्च रहेको प्रतियोगितामा प्रत्येक विधाका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुले नगद तीन, दुई र एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै शीर्ष तीन टिमले नगद १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै जुनियर तथा सिनियर विद्याका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा संयोजक नन्दा बस्यालद्वार हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।