स्पेनको बार्सिलोना माथि पिएसजीकाे सहज जित

   ५ फाल्गुन २०७७, बुधबार १२:१०  

५ फागुन, राैतहट । युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनको बार्सिलोनालाई ४–१ ले हराएको छ ।

गएराति बार्सिलोनाको मैदानमा भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा भ्रमणकारी टोली पीएसजीका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गर्दा मोइज किनले एक गोल थपे ।

बार्साका लियोनल मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । पहिलो लेगमा फराकिलो हार भोगेसँगै बार्सिलोना दोस्रो लेगअघि दबाबमा परेको छ ।

च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज पोर्चुगलको एफसी पोर्टोले इटालीको युभेन्टससँग खेल्दा स्पेनको सेभिया र जर्मनीको बोरुसीया डर्टमण्ड भिड्नेछन् ।