प्रचण्ड-माधव पक्षको चौथो चरणको आन्दोलन सुरु
५ फागुन, रौतहट । नेकपाका प्रचण्ड-माधव पक्षले आज संसद विघटन विरुद्धको चौथो चरणको आन्दोलन सुरु गरेका छन् ।
प्रतिनिधि सभा विघटन विरुद्धमा प्रचण्ड-माधव पक्षले आज ५ गते देखि सुरु गरेको चौथो चरणको अन्दोलन फागुन १२ गते सम्म प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । संघर्ष समितिका सचिव डा. विजय पौडेलले प्रदर्शन र सभाको नेतृत्व जिल्लास्तरीय नेताहरुले गर्ने छन् ।
यस्तै, फागुन ६ गते सो पक्षले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटन अनौपचारिक र असंवधानिक रहेको भन्दै त्यसको विरोधमा प्रचण्ड–माधव पक्षले आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन्।