रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित
३ फागुन, राैतहट । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई पराजित गर्दै सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २ शुन्य गोल अन्तरले पराजित गरेको हो ।
रियलकाे तर्फबाट करिम बेन्जिमा र टोनी क्रुसले एक-एक गोल गरेकाे थिए । भ्यालेन्सियामाथिको जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
रियलले २३ खेलमा ४९ अंक जोडेको छ भने भ्यालेन्सियाले २४ अंक जोडेर १२ औं स्थानमा छ ।
ला लिगा अन्तर्गत नै रियल सोसीडाडले गेटाफेलाई १ शुन्यले हराएको छ ।